प्रधानमन्त्री गएकै दिन रवि लामिछाने पनि भारतमा

हिमाल प्रेस १७ जेठ २०८० २०:२० | Wednesday, May 31, 2023
प्रधानमन्त्री गएकै दिन रवि लामिछाने पनि भारतमा फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा गएका छन्। आफ्नो निजी काम भएको जानकारी गराउँदै लामिछाने भारत गएको रास्वपाका‍ महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले हिमालप्रेसलाई जानकारी दिए।

‘सभापतिज्यु आज (बुधबार) भारत जानु भएको हो। उहाँले आफ्नै निजी कामले भारत जान लागेको पार्टीमा जानकारी गराउनु भएको छ’ उनले भने। ढकालले लामिछाने भारतको दिल्ली गएको पनि बताए।

नेताहरूका अनुसार लामिछानेले पार्टीका केन्द्रीय नेताहरूसमेत भएको फेसबुक म्यासेन्जर ग्रुपमा भारत जान लागेको जानकारी गराएका थिए। लामिछाने पत्नी निकिता पौडेललाई साथमा लिएर भारत गएका हुन्। उनले भारत जाँदा संसदीय दलको कार्यवाहक जिम्मेवारी दलका उपनेता विराजभक्त श्रेष्ठलाई दिएका छन्।

आजैमात्र प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली भारतको चार दिने औपचारिक भ्रमणमा गएका छन्। लामिछाने पनि हवाईमार्ग हुँदै आजै दिल्ली गएका हुन्। प्रधानमन्त्री भारत गएकै दिन पारेर लामिछाने किन गए भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद मोदी केही दिनअघि नेपाल आउँदा लामिछानेसँग भेट गरेका थिए। प्रह्लाद विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्षसमेत हुन्। दिल्लीमा रहँदा उनै मोदीसँग पनि लामिछानेको भेट हुने बताइएको छ।

प्रकाशित: १७ जेठ २०८० २०:२० | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast