सिटी एक्सप्रेसको सीईओमा निरजमान सैंजु नियुक्त

हिमाल प्रेस १७ जेठ २०८० ११:५९ | Wednesday, May 31, 2023
सिटी एक्सप्रेसको सीईओमा निरजमान सैंजु नियुक्त

काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरजमान सैंजु नियुक्त भएका छन्।

सैंजुको बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव छ। उनले विभिन्न वाणिज्य बैंकको फिल्ड ट्रेजरी विभागमा १५ वर्षभन्दा बढी काम गरिसकेका छन्।

क्यानडास्थित सेक्युरिटी इन्स्टिच्युटबाट सुरक्षा कोर्ष गरेका सैंजुसँग सुरक्षा र लगानीको क्षेत्रमा उल्लेखनीय ज्ञान छ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृतले कम्पनीको दिगो आर्थिक वृद्धिको लागि नेटवर्कको विश्वव्यापी पहुँच विस्तार गर्ने प्रतिवद्धता जनाए।

सिटी एक्सप्रेसले १६ वर्षदेखि संसारभरबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ। सिटी एक्सप्रेसका देशभर १५ हजारभन्दा बढि भुक्तानी केन्द्र छन्।

प्रकाशित: १७ जेठ २०८० ११:५९ | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast