अमेरिकामा भारतीय विद्यार्थीको हत्या

हिमाल प्रेस १६ जेठ २०८० २०:१२ | Tuesday, May 30, 2023
अमेरिकामा भारतीय विद्यार्थीको हत्या

फिलाडेल्फिया- फिलाडेल्फियामा भारतीय मूलका एक जना विद्यार्थीको गोली हानेर हत्या गरिएको छ। भारतीय मूलका २१ वर्षीय विद्यार्थी पहिचान जुडे चाकोको गोली हानेर हत्या गरिएको खलीज टाइम्सले उल्लेख गरेको छ।

काम गर्ने कार्यालयमबाट फर्किरहेका बेला उनलाई अज्ञात आक्रमणकारीले गोली हानेका थिए। मृतकका आमाबाबु केरलाको कोल्लम जिल्लाबाट करिब ३० वर्षअघि अमेरिका आएका भारतीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै खलीज टाइम्सले उल्लेख गरेको छ।

जुडेमाथि लुटपाटको प्रयास भएको तथा सोही क्रममा दुई जनाले आक्रमण गरेका थिए। यो वर्ष भारतीय मूलका विद्यार्थीलाई अमेरिकामा लक्षित गरी मारिएको यो दोस्रो घटना हो।

यसअघि अप्रिल २१ मा आन्ध्र प्रदेशका २४ वर्षीय विद्यार्थीलाई ओहायोको पेट्रोल पम्पमा गोली प्रहार गरी हत्या गरिएको थियो। भारतीय मूलका साईश वीराको काम गर्न कार्यालय गइरहेका बेला अज्ञात आक्रमणकारीले गोली हानेर हत्या गरेका थिए। रासस/एएनआई

प्रकाशित: १६ जेठ २०८० २०:१२ | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast