भेटिएनन् महाकाली नदीमा बेपत्ता किशोर

हिमाल प्रेस १६ जेठ २०८० १४:५५ | Tuesday, May 30, 2023
भेटिएनन् महाकाली नदीमा बेपत्ता किशोर प्रतीकात्मक तस्बिर।

दार्चुला- दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नदीमा बगेर बेपत्ता भएका एक किशोर अझै फेला परेका छैनन्। उनको दुई दिनदेखि खोजी जारी छ।

महाकाली नगरपालिका-१, धमपन्यारका १५ वर्षीय सुदिप धामी सोमबार दिउँसो पौडी खेल्ने क्रममा महाकालीमा बगेर बेपत्ता भएका थिए। साथीहरूसँग  नदीमा पौडी खेलिरहेका धामी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेद्रबहादुर सिंहले जानकारी दिए।

खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी संलग्न छन्। उनी खलंगास्थित महेन्द्र नमुना उच्च माविमा कक्षा १० मा अध्ययनरत थिए।

प्रकाशित: १६ जेठ २०८० १४:५५ | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast