१० हजार तिरेर आइफोन एमडीएमएसमा दर्ता गर्न सकिने

हिमाल प्रेस १६ जेठ २०८० १३:१६ | Tuesday, May 30, 2023
१० हजार तिरेर आइफोन एमडीएमएसमा दर्ता गर्न सकिने

काठमाडौँ- विदेशबाट ल्याइएका आइफोन र एक लाख रुपैयाँभन्दा माथिका मोबाइल फोनमा १० हजार कर तिरेर एमडीएमएसमा दर्ता गर्न सकिने भएको छ।

जेठ १५ गतेसम्म चालु रहेका तर एमडीएमएसमा दर्ता नभएका फोनको लागि सरकारले बजेटमार्फत नयाँ व्यवस्था गरेको हो।

यसअनुसार एक लाखभन्दा कम मूल्यका स्मार्टफोनमा ३ हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा २०० रुपैयाँ कर तिरेर एमडीएमएस दर्ता गर्न सकिने छ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) दर्ताका लागि प्रयोगकर्ताले फोनसेटको आईएमईआई नम्बर उल्लेख गरी कर तिर्न सक्नेछन्। तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई ६ महिनाभन्दा बढी अवधि काम गरेर फर्केकालाई एक थान मोबाइल निःशुल्क दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

प्रकाशित: १६ जेठ २०८० १३:१६ | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast