काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षमा २५ हजार भूमिहीनलाई लालपूर्जा दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त कुरा बताएका हुन्।
अर्थमन्त्री महतले जग्गाहरु वितरणमा सरकारले आयोग निर्माण गरी काम गर्ने बताए। उनले भूमिहीनहरुलाई राज्यले सहयोग गर्दै यस्तो जमिन पहिचान गरेर दिने बताए।
प्रकाशित: १५ जेठ २०८० १७:३५ | Monday, May 29, 2023
प्रतिक्रिया




