आगामी वर्ष राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान

हिमाल प्रेस १५ जेठ २०८० १७:२६ | Monday, May 29, 2023
आगामी वर्ष राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान गरेको बताएका छन्। सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै मन्त्री महतले यस्तो जानकारी दिएका हुन्।

चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ। अर्थमन्त्री महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए।

उनले राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान गरिएको हो। वैदेशिक सहायता अपेक्षाभन्दा कम, आयोजना कार्यान्वयन कमजोर हुँदा सहायता नआएको उनले बताए।

महतले सरकारले आगामी आवका लागि वैदेशिक सहायतातर्फ ३८ अर्ब ४६ करोड रुपैयाँ अनुदान र ऋण १ खर्ब ७० अर्ब ५४ करोड परिचालित हुने संसोधित अनुमान रहेको बताए। उनले आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वैदेशिक सहायता परिचालन अपेक्षा गरेभन्दा कम भएको बताए।

प्रकाशित: १५ जेठ २०८० १७:२६ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast