प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग कार्यक्रमलाई ५० करोड विनियोजन

हिमाल प्रेस १५ जेठ २०८० १७:१२ | Monday, May 29, 2023
प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग कार्यक्रमलाई ५० करोड विनियोजन

काठमाडौँ– सरकारले प्रधानमन्त्री उत्पादन तथा उपभोथ कार्यक्रमका लाग ५० करोड रुपैयाँ विनियोजन गरेको छ। सोमबार संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त कार्यक्रमका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको बताएका छन्।

‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग कार्यक्रममार्फत् आन्तरिक उत्पादन र प्रोत्साहन गरिनेछ। यस कार्यक्रमको लागि ५० करोड विनियोजन गरेको छु,’ महतले भने।

त्यस्तै महतले आगामी आर्थिक वर्षमा टुक्रे आयोजना रोक्न खोजेको तर नसकेको बताएका छन्। उनले संघ,प्रदेश र स्थानीय तहमा आयोजना एकरुपता ल्याउनुपर्ने पनि बताए। आगामी वर्षमा तीनै तहका सरकारका बीचमा नीतिहरुलाई एकरुपता दिइने उनले बताए। अर्थमन्त्री महतले बजेट कार्यान्वयन र दोहोरो नहोस् भनेर यस्तो गरेको दाबी गरेका छन्।

उनले साना बजेट रोक्न खोजेको तर पूर्ण रुपमा सफल नभएको बताए। उनले आगामी दिनमा यस्ता साना आयोजनाहरुमा पूर्नसंरचना गर्ने दाबी गरे। हरेक वर्ष स्थानीय सरकार र प्रदेशवाट टुक्रे आयोजनाका लागि बजेट छुट्टाउने भएपनि केन्द्रको बजेटले पनि यस्तो आयोजनामा बजेट दिने गरेको छ।

जसले दोहोरो पर्नुका साथै कार्यान्वयनमा समस्या आउने गरेको छ। यसलाई रोक्न सरकारले नयाँ बजेटमा केही कमि गरेको दाबी अर्थमन्त्रीले गरे।

प्रकाशित: १५ जेठ २०८० १७:१२ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast