गणतन्त्रकाे विकल्प समाजवाद : मुख्यमन्त्री शर्मा

हिमाल प्रेस १५ जेठ २०८० १६:४० | Monday, May 29, 2023
गणतन्त्रकाे विकल्प समाजवाद : मुख्यमन्त्री शर्मा

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रकाे विकल्प समाजवादमात्रै हुनसक्ने बताएका छन्। गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शर्माले यस्तो बताएका हुन्।

मुख्यमन्त्री शर्माले देश अप्ठेरोमा परेको बेला सम्पूर्ण राजनैतिक दलहरू एकजुट भएको बताउँदै समृद्ध कर्णालीका लागि आफू प्रतिवद्ध रहेको बताए। त्यस्तै कार्यक्रममा पुर्व मुख्यमन्त्री तथा संसाद जीवनबहादुर शाहीले गणतन्त्रका कारण आम नागरीक मन्त्री तथा संसाद बन्न पाएको बताए।

गणतन्त्रका कारण नेपालमा सिमान्कृत जातजाति तथा समुदायका नागरिकले राजनितीक अधिकार पाएको उनकाे भनाइ थियाे। नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेले पूर्वराजा ज्ञानेन्द्र शाहले तामझामका साथ हिड्नुभन्दा जनताको काम गर्न सक्छु भनेर पार्टी खोलेर राजनितिमा आउन चुनौती दिए।

कुनै एउटा पार्टीको गल्तीले राजतन्त्रको स्थापना हुन नसक्ने कंडेलको भनाइ थियो। कार्यक्रममा कर्णालीका प्रदेश प्रमुख तिलक परिवारलगायत विशिष्ट व्यक्तीहरूको सहभागिता थियो।

प्रकाशित: १५ जेठ २०८० १६:४० | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast