कोशीमा आज बजेट अधिवेशन हुँदै, एलभी फोर्सका १३ कार्यकर्ता पक्राउ

हिमाल प्रेस १४ जेठ २०८० ८:५९ | Sunday, May 28, 2023
कोशीमा आज बजेट अधिवेशन हुँदै, एलभी फोर्सका १३ कार्यकर्ता पक्राउ

इटहरी- कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १३ जना कार्यकर्तालाई प्रहरीले आज (आइतबार) बिहानै विराटनगरबाट पक्राउ गरेको छ। विराटनगरस्थित देवकोटाचोकबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रदेशसभा घेराउ गर्ने उद्देश्यले कार्यकर्ताहरू भेला भएका थिए। पहिचानवादीहरूले प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनकोे घोषणा गरेसँगै सडकमा पहिचानवादीहरू निस्किएको बताइएको छ।

आइतबार (आज) दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ। आन्दोलन घोषणा भएसँगै प्रशासनले भने सुरक्षा व्यवस्था कडा बनाएको छ।

प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

प्रकाशित: १४ जेठ २०८० ८:५९ | Sunday, May 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast