राष्ट्रको हितका लागि सबै राजनीतिक दल एकै ठाउँमा उभिन आवश्यक : प्रधानमन्त्री

हिमाल प्रेस १३ जेठ २०८० १९:३५ | Saturday, May 27, 2023
राष्ट्रको हितका लागि सबै राजनीतिक दल एकै ठाउँमा उभिन आवश्यक : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको हितका लागि काम गर्न सबै राजनीतिक दल एकै ठाउँमा उभिनुपर्ने बताएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले राष्ट्र हितका लागि सबै दल एकै ठाउँमा उभिनुपर्ने बताएका हुन्।

सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भूमिका रहे पनि राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले सबै एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो।

जनताको हितमा समझदारी र सहमति आवश्यक रहेको उनले बताए। विगतका नमिठा पक्षलाई बिर्सिएर जनता र देशको विकासका लागि लाग्न उनले आह्वान गरे। ‘यही सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भूमिका छन्। सिद्धान्ततः त्यो कुरा हामी बुझ्छौँ पनि,’ उनले भने, ‘तर राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले कतै न कतै हामी एक ठाउँमा उभिन आवश्यक छ।’

प्रकाशित: १३ जेठ २०८० १९:३५ | Saturday, May 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast