हाम्रो ठमेल, सफा ठमेल अभियान सुरु

हिमाल प्रेस १३ जेठ २०८० १३:५७ | Saturday, May 27, 2023
हाम्रो ठमेल, सफा ठमेल अभियान सुरु फाइल तस्बिर।

काठमाडौँ– हाम्रो ठमेल सफा ठमेल नाराका साथ राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सरसफाइ अभियान सुरु गरिएको छ। ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन सरसफाइ अभियान सुरु गरिएको हो।

परिषद्को अगुवाइमा काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, पर्यटक प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले शनिबार (आज) ठमेलमा सरसफाइ गरेका परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए। ‘सफा र पर्यटकमैत्री ठमेल बनाउने अभियान निरन्तर रुपमा अगाडि बढाउँछौं,’ उनले भने।

परिषद्का उपाध्यक्ष सहदेव धमलाले व्यवसायी र घरधनीबाट सुरु भएको ठमेल सरसफाइ अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने बताए। ठमेललाई सफा र सुन्दर बनाउन सबैको सक्रियता आवश्यक भएको उनको भनाइ छ। अभियान निरन्तर अघि बढ्ने उपाध्यक्ष धमलाले जानकारी दिए।

प्रकाशित: १३ जेठ २०८० १३:५७ | Saturday, May 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast