सेनिटरी प्याड निःशुल्क दिने व्यवस्था बजेटमा समेटिनुपर्छ : उपसभामुख राना

हिमाल प्रेस १३ जेठ २०८० १२:२६ | Saturday, May 27, 2023
सेनिटरी प्याड निःशुल्क दिने व्यवस्था बजेटमा समेटिनुपर्छ : उपसभामुख राना

काठमाडौँ– प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सबै महिला हरूलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउन सरकारसमक्ष आग्रह गरेकी छन्।

शनिबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। सेनिटरी प्याडको आवश्यक व्यवस्था मिलाउन छुट्टै राष्ट्रिय योजना, कार्यक्रम र बजेट हुनुपर्ने उनको भनाइ छ।

महिला सांसद हरूका लागि संघीय संसद भवनमै सेनिटरी प्याडको व्यवस्था गर्न आफू लागि पर्नेसमेत उनले जनाइन्।

‘महिला सुरक्षित रहनुपर्छ भन्ने प्रोग्राम हाम्रो नेशनल प्लानिङभित्र, बजेटभित्र यो आउनु पर्‍यो। बजेटभित्र आएर हरेक स्कुलमा स्यानिटरी प्याड, जसले इन्भारोमेन्टलाई असर गर्दैन। त्यस्तो प्याड हरूको व्यवस्था गर्नु पर्‍यो,’ उनले भनिन्, ‘संसद भवनमा पनि त्यहाँ सेनिटरी प्याड राखिएको छैन। सुरुवातमाथि नै छैन भने तलसम्म पुग्छ भन्ने हुँदैहुँदैन। म यसमा के भन्न चाहन्छु भने हाम्रा महिला माननीयहरूलाई पनि प्याडको लागि जोडदार ढंगले कुरा गर्ने र यसलाई राष्ट्रिय योजनाभित्र व्यवस्था गर्नु पर्छ।’

सबै विद्यालयहरूमा पनि प्याडको आवश्यक व्यवस्था मिलाउन उनले सरकारको ध्यानाकर्षण गराइन्। महिला हरूलाई हिंसा सहेर नबस्न आग्रह गर्दै आजको युगमा आएर पनि नेपालमा महिलाहिंसा नघटेकाले यसविरुद्ध महिलाले आवाज उठाउनुपर्नेमा जोड दिइन्।

प्रकाशित: १३ जेठ २०८० १२:२६ | Saturday, May 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast