पदबहालीको १ वर्ष

काठमाडौँ महानगरका जनप्रतिनिधिले गरे सबै वडामा सरसफाइ

हिमाल प्रेस १३ जेठ २०८० १२:०९ | Saturday, May 27, 2023
काठमाडौँ महानगरका जनप्रतिनिधिले गरे सबै वडामा सरसफाइ

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका जनप्रतिनीधिले पद बहाली गरेको एक वर्षका अवसरमा शनिबार (आज) ३२ वटै वडामा सरसफाइ गरेका छन्। उनीहरूले वडा १ को कमलपोखरी, २ को नारायण गोपाल मार्ग, ३ को लाजिम्पाट, ४ को बालुवाटार तथा ५, छ र ७ मा सरसफाइ गरेका छन्।

यस्तै वडा ८ को पशुपति क्षेत्र, ९ को बत्तीसपुतली, १० को वडा कार्यालय परिसर, वडा ११ को माइतीघर मण्डला, १२ को ओन्दे, १३ को ताहाचाल पुल, १४ को कुलेश्वर भलिबल मैदान, १५ को भगवान पाउर १६ को सोह्रखुट्टे चोकमा पनि सरसफइक गरिएको कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए।

यस्तै महानगरको वडा १७ डल्लु पुल, १८ को कार्यालय परिषर, १९ को दमाईं टोल, २० को भीमसेन स्थान, २१ को जैसीदेवल, २२ को टेबहाल, २३ को यंगाल, २४ को हनुमानढोका, २५ को असन डबली, २६ को सञ्चय कोष भवनअगाडि, २७ को असन, २८ को कमलादी गणेश स्थान, २९ को ढुंगेधरा, ३० को वडा भवनअगाडि, ३१ को पुरानो वडा कार्यालय-भीमसेनगोला तथा वडा ३२ को कोटेश्वर चोक (प्रहरी वृत्त) मा सरसफाइ गरिएको छ।

विशेष सरसफाइ कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीसहित वडाका सबै सरोकारवाला समेतलाई सहभागी गराई कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न गर्ने लक्ष्य रहेको महानगरले जनाएको छ। ०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचन सम्पन्न भएको थियो।

प्रकाशित: १३ जेठ २०८० १२:०९ | Saturday, May 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast