कृष्णसेन इच्छुक स्मृति दिवसमा प्रभातफेरी

हिमाल प्रेस १३ जेठ २०८० १०:५४ | Saturday, May 27, 2023
कृष्णसेन इच्छुक स्मृति दिवसमा प्रभातफेरी

काठमाडौँ– कवि कृष्णसेन ‘इच्छुक’को २१ औं स्मृति दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी आयोजना गरिएको छ। माओवादी केन्द्रनिकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको आयोजनामा प्रभातफेरी गरिएको हो।

सेन्टरको १९औं केन्द्रीय साधारणसभाको अवसरमा सेन्टरले कार्यक्रमस्थल शंखरापुर नगरपालिकाको साँखुमा प्रभातफेरी आयोजना गरेको हो। प्रभातफेरीमा सेन्टरका केन्द्रीय नेतृत्वलगायतको सहभागिता रहेको थियो। प्रेस सेन्टरले प्रत्येक वर्ष जेठ १३ गतेका दिन इच्छुकको स्मरणमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ।

निम्न मध्यमवर्गीय, श्रमजीवी जनताको स्वतन्त्रता र अधिकार प्राप्तिलाई केन्द्रमा राखेर निरंकुश शासन र शासकविरुद्ध इच्छुकले विविन्न गीत तथा कविताहरू सिर्जना गरेका छन्।

शनिबार नै हुने प्रेस सेन्टरको साधारण सभा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ।

प्रकाशित: १३ जेठ २०८० १०:५४ | Saturday, May 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast