लुम्बिनी प्रदेशमा विदेशी लगानीका ६७ उद्योग

हिमाल प्रेस ११ जेठ २०८० १७:०४ | Thursday, May 25, 2023
लुम्बिनी प्रदेशमा विदेशी लगानीका ६७ उद्योग लुम्बिनीको नवलपरासीमा गत वैशाख १३ गते सामसङको टेलिभिजन कारखाना उद्घाटन गरिँदै।

बुटवल- लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन्। त्यसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेका छन्।

बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम (आईसीएफ)सँगको अन्तक्र्रिया कार्यक्रममा लुम्बिनी प्रदेशमा व्यवसायको सम्भावना र चुनौती विषयमा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले उक्त तथ्यांक प्रस्तुत गरेका हुन्।

उनले लुम्बिनी प्रदेश वैदेशिक लगानीको आकर्षक क्षेत्र पनि रहेको भन्दै वैदेशिक लगानी पहिलो रोजाइ सेवा मूलक, उत्पादन मूलक र पर्यटन क्षेत्रमा रहेको भनाइ राखे।

त्यसबाहेक लुम्बिनी प्रदेशमा ठूला आठ सय ८२, घरेलु तथा साना उद्योग करिब २५ हजार र करिब एक लाख ५० हजार व्यावसायिक प्रतिष्ठान रहेको उनले जानकारी गराए।

प्रकाशित: ११ जेठ २०८० १७:०४ | Thursday, May 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast