आजको मौसम : पहाडी जिल्लामा चट्याङ र तराईमा हावाहुरीसहित वर्षाको सम्भावना

हिमाल प्रेस ११ जेठ २०८० ६:५६ | Thursday, May 25, 2023
आजको मौसम : पहाडी जिल्लामा चट्याङ र तराईमा हावाहुरीसहित वर्षाको सम्भावना फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ– नेपालमा बिहीबार (आज) कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको हो। यस्तै तराईका केही भू- भागमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू-भागमा बिहान सामान्यदेखि पूर्णतया बदली रहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

प्रकाशित: ११ जेठ २०८० ६:५६ | Thursday, May 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast