नवनियुक्त दुई मन्त्रीको शपथ ग्रहण आज

हिमाल प्रेस १० जेठ २०८० ९:०९ | Wednesday, May 24, 2023
नवनियुक्त दुई मन्त्रीको शपथ ग्रहण आज

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट मन्त्री नियुक्त भएका वीरेन्द्र महतो र राज्यमन्त्री प्रमिला कुमारीको शपथ ग्रहण बुधबार हुने भएको छ।

मन्त्री पदमा मंगलबार नियुक्त दुवैजनाले राष्ट्रपति कार्यालयमा बुधबार बिहान शपथ ग्रहणको कार्यक्रम राखिएको जसपाले जनाएको छ। महतो वन तथा वातावरणमन्त्री तथा प्रमिला शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त भएकी हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन्। दुई मन्त्रीको नियुक्तिसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

प्रकाशित: १० जेठ २०८० ९:०९ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast