फाइल तस्बिर।
काठमाडौँ– बुधबार मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिएको हो।
कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। यस्तै पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित: १० जेठ २०८० ६:२५ | Wednesday, May 24, 2023
प्रतिक्रिया




