पाकिस्तान-नेपालमैत्री उद्यानको उद्घाटन

हिमाल प्रेस ९ जेठ २०८० १६:०५ | Tuesday, May 23, 2023
पाकिस्तान-नेपालमैत्री उद्यानको उद्घाटन

काठमाडौँ- बाँसबारीमा निर्माण गरिएको ‘पाकिस्तान-नेपालमैत्री उद्यान’को उद्घाटन गरिएको छ। मंगलबार आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार हस्मीले उद्यानको उद्घाटन गरेका हुन्।

उनले यो उद्यान दुई देशबीचको सम्बन्धको चिनो भएको उल्लेख गरे। ‘पाकिस्तान-नेपालको सम्बन्धलाई थप प्रगाढ र मैत्रीपूर्ण बनाउन यस्ता गतिविधिले निकै सहयोग गर्नेछ’ उनले भने।

राजदूत हस्मीले उद्यान निर्माणमा संलग्न सम्पूर्ण निकायलाई आभार व्यक्त गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध थप बलियो बनाउन यस्ता गतिविधिलाई जोड दिइने बताए। उद्यानभित्र खुला व्यायमशालासमेत बनाइएको छ। यसले स्थानीयबासीलाई स्वस्थ राख्न सघाउन पुग्ने राजदूत हस्मीले विश्वास व्यक्त गरे।

प्रकाशित: ९ जेठ २०८० १६:०५ | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast