‘माओवादी नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयता विरोधी देखियो’

हिमाल प्रेस ९ जेठ २०८० १३:४४ | Tuesday, May 23, 2023
‘माओवादी नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयता विरोधी देखियो’ फाइल तस्बिर

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा (माओेवादी केन्द्र) नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममा संघीयताविरोधी देखिएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले नीति तथा कार्यक्रममा संघीयता शब्द तीनपटक मात्र उल्लेख गरिएको बताए।

‘७० पानाको नीति तथा कार्यक्रममा तीनपटक संघीयताको उल्लेख गरिएको छ। संघीयतालाई सबल गर्ने खालको ठोस नीति कार्यक्रम देखिएन। म आफैँ आश्चर्यचकित छु,’ उनले भने, ‘माओवादी नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयताविरोधी देखिएको छ। संघीयताको उच्चारण तीनपटक मात्र गरिएको छ।’

संघीयताको कार्यान्वयनमा ध्यान पुर्‍याउनुपर्ने आवश्यकता उनले औँल्याए। बुँदा ११ मा मधेश प्रदेशलाई प्राथमिकता दिइएको भन्दै सरकारलाई धन्यवाद पनि दिए।

प्रकाशित: ९ जेठ २०८० १३:४४ | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast