अर्थमन्त्री महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेट

हिमाल प्रेस ८ जेठ २०८० २०:०६
4
SHARES
अर्थमन्त्री महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेट

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महत र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को एसिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ।

भेटका क्रममा एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सो भेटमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको पनि सहभागिता थियो।

एमसीसी सम्झौता कार्यान्वयनमा लैजाने मिति (अगस्ट २०२३) नजिकै आएको सन्दर्भमा कुराकानी भएको अर्थमन्त्रीको सचिवालयले बताएको छ। साथै एमसीसी कार्यान्वयनमा गएको मितिले ५ वर्षभित्र आयोजना सम्पन्न गरिसक्नुपर्ने सन्दर्भमा यसको पूर्वतयारीको अवस्थाबारे एमसीसीका पदाधिकारीले जानकारी लिए।

सो क्रममा डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रक्रियालगायत पूर्वतयारीका काममा भएको प्रगतिप्रति सन्तुष्टि रहेको बताए। त्यस्तै सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भैसक्नुपर्ने बाँकी कार्यबारे पनि दुई पक्षबीच छलफल भएको थियो।

अर्थमन्त्री डा. महतले एमसीसी आयोजना पूर्वनिर्धारित समयावधि भित्रै सम्पन्न हुने बताए। समयभन्दा अघि नै सम्पन्न भएर नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने अर्थमन्त्री महतको भनाइ थियो।

प्रकाशित: ८ जेठ २०८० २०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 20 =