सन्‌राइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसमा पानी फिल्टर हस्तान्तरण

हिमाल प्रेस ५ जेठ २०८० १९:१३ | Friday, May 19, 2023
सन्‌राइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसमा पानी फिल्टर हस्तान्तरण

काठमाडौँ– सन्‌राइज बैंक लिमिटेडले कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा पानी फिल्टर हस्तान्तरण गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो। बैंकका नायव महाप्रबन्धक रविनकुमार नेपालले क्याम्पसका अध्यक्ष विष्णुप्रसाद सापकोटा र क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईलाई फिल्टर हस्तान्तरण गरेका हुन्।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ।

बैंकले यो हप्ता मात्रै बैंकले धनगढी उपमहानगरपालिकालाई डस्टबिन, हसनपुरको ऐश्वर्या विद्या निकेतनलाई प्रोजेक्टर, धनगढी त्रिनगर विद्यालयमा साइकल स्ट्यान्ड निर्माण गरेको छ। त्यसका साथै चुरे गाउँपालिका र डडेलधुरामा प्रहरी बिट बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast