भरतको ‘बालेनको चस्मा’

हिमाल प्रेस ५ जेठ २०८० १०:३४ | Friday, May 19, 2023
भरतको ‘बालेनको चस्मा’

काठमाडौँ- गायक भरत भट्टको स्वर र शब्दमा ‘बालेनको चस्मा (भंगेरी चरी)’ बोलको गीत सार्वजनिक भएको छ। गीत अनिल कटवाल अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतमा कटवालकै संगीत र विष्णु तामाङको संगीत संयोजन छ। विक्रम चौहानले निर्देशन रहेको गीतको भिडियोमा अनिलसँगै र स्मारिका ढकालको अभिनय छ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको चस्मा ब्रान्डलाई अंकित गर्दै प्रेमिल गीत प्रस्तुत गरिएको छ। गीतको भिडियो प्रकाश खड्कालगायतको टिमले छायांकन गरेको हो।

गायक भट्टको यसअघिका ‘बैतडीमा बाघ आयो’, ‘घाणो’, कर्णाली ‘तुरुक्क’, ‘परदेशी भुलिग्यो’ लगायतका देउडा गीत निकै चर्चित छन्।

प्रकाशित: ५ जेठ २०८० १०:३४ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast