जी-७ नेताहरू हिरोसिमा शान्ति स्मारकको भ्रमण गर्दै

हिमाल प्रेस ४ जेठ २०८० २०:५१ | Thursday, May 18, 2023
जी-७ नेताहरू हिरोसिमा शान्ति स्मारकको भ्रमण गर्दै

हिरोसिमा- यस वर्षको जी-७ शिखर सम्मेलनको आयोजक जापानी प्रधानमन्त्री फुमियो किशिदाले विश्व नेताहरूलाई हिरोसिमा शान्ति स्मारक पार्क (गेनबाकु डोम) को भ्रमण गराउने भएका छन्।

दोस्रो विश्वयुद्धका बेला सन् १९४५ अगस्ट ६ मा सहरमा संसारको पहिलो आणविक बम खसालिएको थियो। सात देशको समूहका नेताहरू र भारतसहित अन्य आठ आमन्त्रित देशका नेताहरूले हिरोसिमा शान्ति स्मारक पार्कको भ्रमण गर्ने अपेक्षा बताइएको छ। जी–७ शिखर सम्मेलनका लागि बिहीबारदेखि नेताहरू यहाँ आउन थालेका छन्।

हिरोसिमा मानव इतिहासमा परमाणु हतियारको पहिलो सैन्य लक्ष्य थियो। संयुक्त राज्य अमेराकको वायु सेनाले सहरमा आणविक बम ‘लिटिल बोइ’ खसालेको थियो।

हिरोसिमाको अधिकांश भाग ध्वस्त भएको थियो र वर्षको अन्त्यसम्ममा विस्फोट, विकिरणको जोखिम र यसको प्रभावका कारण कैयौँको मृत्यु भएको थियो।

हिरोसिमा शान्ति स्मारक (युनेस्को विश्व सम्पदा स्थल) बम विष्फोटको स्मारकको रूपमा रहेको छ।

जी-७ शिखर सम्मेलनमा, स्वतन्त्रता, प्रजातन्त्र र मानव अधिकारलगायत आधारभूत मूल्यहरू साझा गर्ने जी-७ का नेताहरूले त्यस समयमा अन्तर्राष्ट्रिय समुदायले सामना गरिरहेको महत्त्वपूर्ण चुनौतीहरू जस्तै विश्वव्यापी अर्थतन्त्र, क्षेत्रीय मामिला र अन्तर्राष्ट्रिय मामिलाबारे गहन छलफल हुने गरेको छ। रासस/एएनआई

प्रकाशित: ४ जेठ २०८० २०:५१ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast