अरण्यज्योति कपमा सांग्रिला क्रिकेट क्लब र सिइसीको विजयी सुरुवात

हिमाल प्रेस ४ जेठ २०८० २०:०८ | Thursday, May 18, 2023
अरण्यज्योति कपमा सांग्रिला क्रिकेट क्लब र सिइसीको विजयी सुरुवात

पोखरा– अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरा रंगशालामा जारी लुम्बिनी विकास बैंक अरण्यज्योति कपमा बिहीबार सांग्रिला क्रिकेट क्लब र काठमाडौँको क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) विजयी भएका छन्।

पहिलो खेलमा सांग्रिलाले तनहुँको पेलिकन्स क्रिकेट क्लबलाई १४ रनले पराजित गर्‍यो। टस हारेर व्याटिङ गरेको सांग्रिलाले १८.२ ओभरमा पुरा विकेट गुमाएर १ सय २ रन बनायो। राजु खनालले ३२ तथा विपिन खत्री र शरद भेषावकरले समान १८ रन जोडे।

तनहुँको बलिङमा चन्द्रकान्त पौडेलले ४ विकेट लिए। जितका लागि १०३ रनको लक्ष्य पछ्याउनेक्रममा तनहुँको टोली १९.४ ओभरमा ८८ रनमै खुम्चियो। तनहुँको व्याटिङमा नवीन यादवले १९ तथा कृष कार्कीले १५ रनबाहेक अन्य व्याट्स्म्यानले दर्शनीय प्रदर्शन गर्न सकेनन्।

प्लेयर अफ दी म्याच सांग्रिलाका बलर कृष्ण कार्कीले ३ विकेट लिए। त्यस्तै सिव्रिन श्रेष्ठले पनि ३ तथा नारायण जोशीले २, विपीन खत्री र शरद भेषावकरले एक एक विकेट लिए।

अर्को खेलमा सिइसीले राइजिङ क्रिकेट क्लब पोखरालाई ६ विकेटले पराजित गरेको छ। पहिला व्याटिङ गरेको राइजिङले १४.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रनमात्रै बनाउन सक्यो। जसमा सन्दीप खत्रीले २९ तथा अनिल गुरुङले ९ रन हाने।

म्यान अफ द म्याच सिइसीका सुवास खत्रीले ४ विकेट लिँदै पोखराको व्याटिङ लाइन अप कमजोर पारे। अविनाश बस्यालले ३ तथा किरण चन्दले २ विकेट लिए। ६० रनको मात्र लक्ष्य पाएको सिइसीले १६ औं ओभरमा ४ विकेट गुमाएर जित हासिल गरेको हो। सिइसीका लागि विराट भण्डारीले अविजित ३४ रन बनाए।

पोखराका बलर धीरज शाही ठकुरीले २ तथा करण केसी र कृष्ण पौडेलले एक एक विकेट झारे। ८ टिमले भाग लिएको प्रतियोगितामा आयोजक र बागलुङ क्रिकेट क्लब समूह ए बाट सेमिफाइनल प्रवेश गरिसकेका छन्।

आगामी जेठ ८ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार साथमा ट्रफी प्राप्त गर्ने छन्। उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही २५ सय नगदसहित ट्रफी प्रदान गरिने छ।

लिगकम नकआउट आधारमा खेलाइने प्रतियोगिता टि-२० आधारमा हुनेछ।

प्रकाशित: ४ जेठ २०८० २०:०८ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast