सर्वाेच्चको फैसलाप्रति नाउपा आक्रोशित, आन्दोलनका कार्यक्रम सार्वजनिक

हिमाल प्रेस ३ जेठ २०८० १३:५६ | Wednesday, May 17, 2023
सर्वाेच्चको फैसलाप्रति नाउपा आक्रोशित, आन्दोलनका कार्यक्रम सार्वजनिक नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ। फाइल तस्बिर

काठमाडौँ- आफ्नो पार्टीका संरक्षक रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्म कैदको फैसला सदर गरेपछि आक्रोशित बनेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले त्यसको विरोधमा आन्दोलनको घोषणा गरेको छ।

आन्दोलनस्वरूप नाउपाले विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो।

टीकापुरको घटना राजनीतिक भएको बताउँदै आएको पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ।

वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले सार्वजनिक गरेको विज्ञप्तिमा टीकापुर घटना राजनीतिक भएकाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र रेशम चौधरीलगायतलाई रिहा गर्नु माग गरिएको छ।

यही माग राखेर पार्टीले यही जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने निर्णय गरेको पनि उनले सुनाए। त्यसअघि जेठ ३, ४, ५ गते कोणसभा र विरोध प्रदर्शन गरिनेछ।

प्रकाशित: ३ जेठ २०८० १३:५६ | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast