घट्यो सार्वजनिक यातायातको भाडादर, कुन रुटको कति? [सूचीसहित]

हिमाल प्रेस ३ जेठ २०८० ११:३२ | Wednesday, May 17, 2023
घट्यो सार्वजनिक यातायातको भाडादर, कुन रुटको कति? [सूचीसहित] काठमाडौँ नयाँ बसपार्क। फाइल तस्बिर

काठमाडौँ- सार्वजनिक यातायातको भाडादर घटेको छ। यातायात व्यवस्था विभागले सूचना जारी गर्दै यातायात भाडादर घटेको जनाएको हो।

इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था छ।

सोहीअनुसार यात्रुवाहक सवारीमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६५ प्रतिशतले भाडा घटाइएको हो।

यसअघि काठमाडौँ-नेपालगन्जको भाडा १५२२ रुपैयाँ थियो। भाडा समायोजनअनुसार घटेर १४७३ रुपैयाँमा आएको छ।

समायोजनपछि काठमाडौँ-गुलरिया १५६९, काठमाडौँ-जनकपुर १०५८, काठमाडौँ-धरान १४९६, काठमाडौँ-पोखरा ६१६, काठमाडौँ-विराटनगर १४९८, काठमाडौँ-महेन्द्रनगर १९१५, काठमाडौँ-इलाम १९३८ रुपैयाँ भाडा तोकिएको छ।

हेर्नुहोस् कुन रुटको कति भाडा?

प्रकाशित: ३ जेठ २०८० ११:३२ | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast