ओलीले गरे मदन भण्डारीको सालिकमा माल्यार्पण

हिमाल प्रेस ३ जेठ २०८० ९:२५ | Wednesday, May 17, 2023
ओलीले गरे मदन भण्डारीको सालिकमा माल्यार्पण

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन्।

३० औँ मदनआश्रित स्मृति दिवसको अवसरमा बल्खु, काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा सहभागी भएका अध्यक्ष ओली भण्डारीको सालिकमा माल्यापर्ण गरेका हुन्।

उनले यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन पनि गर्नेछन्।

त्यस्तै मदनआश्रित स्मृति दिवसको अवसरमा एकीकृत समाजवादी पार्टीले पनि केन्द्रीय कार्यालय आलोकनगरमा कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतले सम्बोध गरिरहेका छन्।

जननेता भण्डारी र नेता आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा षडयन्त्रपूर्ण दुर्घटनाबाट निधन भएको थियो।

प्रकाशित: ३ जेठ २०८० ९:२५ | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast