मनसुनजन्य विपद् उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन

हिमाल प्रेस २ जेठ २०८० २१:२९ | Tuesday, May 16, 2023
मनसुनजन्य विपद् उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन

काठमाडौँ- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य विपद् उद्धारका लागि तयारी अवस्थामा रहन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्।

मनसुनबारे पूर्वजानकार रहन र हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न तत्काल तयारी गर्न जरुरी रहेको भन्दै त्यसका लागि तयारी अवस्थामा रहन उनले निर्देशन दिएका हुन्। जति धेरै पूर्वतयारी गर्न सकियो त्यति नै मनसुनजन्य प्रकोपबाट मानवीय तथा भौतिक क्षति कम गर्न सकिने र पीडितको उद्धार गर्न सकिने उनले बताए।

मुलुकमा आइपर्ने विषम परिस्थितिमा जुनसुकै समयमा जस्तोसुकै अवस्था र जहाँ पनि परिचालित हुन पूर्वतयारीका साथै शारीरिक र मानसिक रूपमा तयार रहन महानिरीक्षक अर्यालले निर्देशन दिए।

यसअघि उनले सोमबार सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा निरीक्षण भ्रमण गरेका थिए। सो क्रममा पनि उनले विपद् व्यवस्थापनको आवश्यक तयारीमा बस्न भनेका थिए। रासस

प्रकाशित: २ जेठ २०८० २१:२९ | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast