कांग्रेस रूपान्तरण अभियान पक्षले घोषणा गर्‍यो प्रदेश भेला

हिमाल प्रेस २ जेठ २०८० १६:४७ | Tuesday, May 16, 2023
कांग्रेस रूपान्तरण अभियान पक्षले घोषणा गर्‍यो प्रदेश भेला

काठमाडौँ- नेपाली कांग्रेस रुपान्तरण अभियान पक्षले विभिन्न प्रदेशमा भेलाको घोषणा गरेको छ। काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित पत्रकार सम्मेलनमार्फत सो अभियानको घोषणा गरिएको हो।

‘पार्टी सत्तामा गए पछि पार्टीलाई सुकिला मुकिलाहरुले कब्जा गर्नेछन् र त्यसको विरुद्ध सच्चा कांग्रेसीहरुले एकपटक फेरी लड्नु पर्नेछ’ भन्ने विपी कोइरालाको भनाइ आत्मसाथ गर्दै आजको तितो यथार्थ पनि यही रहेको अभियानका नेताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अभियानको लागि प्रदेश संयोजक पनि तोकिएको छ। जसअनुसार कोशी प्रदेशमा गुरुराज घिमिरे, मधेश प्रदेशमा रञ्जित कर्ण, बागमती प्रदेशमा मधु आचार्य, गण्डकी प्रदेशमा देवराज चालिसे, लुम्बिनी प्रदेशमा डा.गोविन्द पोखरेल, कर्णाली प्रदेशमा भुपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्का संयोजक छन्।

 

प्रकाशित: २ जेठ २०८० १६:४७ | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast