शुल्क तिर्न नसकेर विद्यार्थी मर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : स्वास्थ्यमन्त्री

हिमाल प्रेस २ जेठ २०८० १२:५७ | Tuesday, May 16, 2023
शुल्क तिर्न नसकेर विद्यार्थी मर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : स्वास्थ्यमन्त्री

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुल्क तिर्न नसकेर विद्यार्थीले मर्नुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले क्याम्पसको शुल्क तिर्न नसकेर मर्नुपर्ने बाध्यताको अन्त्य गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताएका हुन्।

उनले शिक्षा समितिले पनि यस बारेमा आवश्यक कदम चाल्नुपर्ने बताए। केही समयअघि मात्रै क्याम्पसमा शुल्क तिर्न नसकेकै कारण एक विद्यार्थीले आत्महत्या गरेका थिए। सोही प्रसंगलाई लिएर मन्त्री बस्नेतले क्याम्पस शुल्क तिर्न नसकेकै कारण मर्नुपर्ने अवस्थाको अन्त्य गर्दै सरकारले शिक्षालाई प्राथमिकता दिएर अघि बढ्न जरुरी रहेको बताए।

प्रकाशित: २ जेठ २०८० १२:५७ | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast