नागरिकता नदिने भए संविधानको धारा खारेज गरौँ : सांसद खान

हिमाल प्रेस १ जेठ २०८० १५:१५ | Monday, May 15, 2023
नागरिकता नदिने भए संविधानको धारा खारेज गरौँ : सांसद खान उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान।

काठमाडौँ- जनमत पार्टीका सांसद तथा पूर्वमन्त्री अब्दुल खानले नागरिकता नदिने भए संविधानको भाग २ को धारा १० र ११ को उपधारा ३ खारेज गर्न माग गरेका छन्। सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नागरिकता नभएकाहरुले आत्महत्या गर्नुको विकल्प नभएको पनि बताए।

‘नागरिकता दिनुछैन भने भाग २ को धारा १० र ११ को उपधाार ३ हटाउनुहोस्। नभए नागरिकता दिनुहोस्,’ उनले भने।

सांसद खानले संविधानले कस्ता व्यक्तिलाई नागरिकता दिने भनेर स्पष्ट लेखेको जिकिर गरे। सांसद खानले नागरिकता भएकाहरू अनागरिक भएर विदेशिन खोजिरहेको भन्दै नागरिकता नभएकाहरु नागरिकता पाउन बिन्ती गरिरहेको र आत्महत्या गर्नुबाहेक अर्को विकल्प नभएको दुःखेसो गरे।

प्रकाशित: १ जेठ २०८० १५:१५ | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast