त्रिशंकु संसद्ले जनता र राष्ट्रलाई समाधान दिन सकेन : झलनाथ खनाल

हिमाल प्रेस १ जेठ २०८० १०:०७ | Monday, May 15, 2023
त्रिशंकु संसद्ले जनता र राष्ट्रलाई समाधान दिन सकेन : झलनाथ खनाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले त्रिशंकु संसद्ले जनता र राष्ट्रलाई कुनै समाधान दिन नसकेको बताएका छन्।

अनेरास्ववियुको ५९औँ स्थापना दिवस एवं युवा संघ नेपालको ३४ औँ स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै खनालले यही अवस्थामा सबै एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।

खनालले भनेका छन्, ‘युवा तथा विद्यार्थीहरू? तपाईंहरूलाई थाहा छ, हाम्रो देश यतिबेला समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेको छ। तर देश भने चौतर्फी संकटबाट गुज्रिरहेको छ। भ्रष्टाचार रुपी अजिंगरले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेरिरहेको छ। बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले देशका होनहार श्रमजीवी युवाहरू खाडी मुलुक र मलेसिया तथा युवा विद्यार्थीहरू अस्ट्रेलिया तिर लाग्न बाध्य भइरहेका छन्।’

आजका सम्पूर्ण समस्या, विकार र विकृतिको एक मात्र समाधान समाजवाद मात्र भएको ठहर गर्दै उनले समाजवादले मात्र शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई पनि समाधान गर्न सक्ने बताएका छन्।

खनालले यात्रा समृद्धिको र लक्ष्य समाजवादको भन्ने मूल नारालाई दृढतापूर्वक समातौँ,समाजको प्रधान अन्तर्विरोध र प्रमुख निशानालाई होसियारीपूर्वक ठम्याउन आग्रह गरेका छन्।

प्रकाशित: १ जेठ २०८० १०:०७ | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast