वैदेशिक रोजगारीबाट आउनेले दुईवटा मोबाइल ल्याउन पाउने, अन्यलाई भन्सार लाग्ने

हिमाल प्रेस ३१ वैशाख २०८० १६:५३ | Sunday, May 14, 2023
वैदेशिक रोजगारीबाट आउनेले दुईवटा मोबाइल ल्याउन पाउने, अन्यलाई भन्सार लाग्ने सांकेतिक तस्बिर।

काठमाडौँ- वैदेशिक रोजगारीमा ६ महिना बिताएर फर्किएका नेपालीले भन्सार विना दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन्। भन्सार विभागले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा ६ महिना पूरा गरेका व्यक्तिले मात्रै भन्सार नतिरेर दुई वटा मोबाइल फोन ल्याउन पाउने व्यवस्था गरेको हो। एउटा फोन भने जसले पनि भन्सार नतिरेर ल्याउन पाउनेछन्।

विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले फर्किंदा एउटा चलाइरहेको र एउटा ‘सिलप्याक’ वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउनेछन्।

खड्काले अध्ययन तथा अन्य प्रयोजनका लागि बिदेसिएका नेपालीले भने भन्सार नतिरेर एक थान मात्रै फोन ल्याउन पाउने बताएका छन्। यस्तो प्रयोजनमा विदेश गएकाले दुईवटा फोन ल्याएको भए एउटाको भन्सार तिर्नुपर्ने हुन्छ। थप एक थान मोबाइल फोनको भन्सार कार्यालयमा स्व–घोषणा गरी प्रक्रिया पूरा गर्नुपर्नेछ। यसो गर्दा उक्त फोन स्वतः मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता हुनेछ।

नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेदेखि एमडीएमएस लागू गर्दैछ। भन्सारमा स्व–घोषणा गर्नुनपर्ने एउटा फोन भने प्राधिकरणको प्रणालीमा गई व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने छ। यसका लागि राहदानी वा नागरिकता र विदेश जाँदा वा फर्किंदा छाप लगाइएको राहादानीको पृष्ठको आवश्यकता पर्छ।

प्रकाशित: ३१ वैशाख २०८० १६:५३ | Sunday, May 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast