१७ अंकले घट्यो नेप्से, ९० करोडको कारोबार

हिमाल प्रेस ३१ वैशाख २०८० १५:१०
4
SHARES
१७ अंकले घट्यो नेप्से, ९० करोडको कारोबार

काठमाडौँ– आइतबार सेयर बजार परिसूचक (नेप्से) १६.९६ अंकले घटेको छ। १८४०.८२ बिन्दुबाट सुरु भएको कारोबार १८२१.६४ बिन्दुमा पुगेर रोकिएको छ। आइतबार कारोबार भएकामध्ये १६९ कम्पनीको मूल्य घटेको छ। ४९ कम्पनीको मूल्य बढेको छ भने ९ कम्पनीको स्थिर रह्यो।

आज कुल ९० करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार आत्मनिर्भर लघुवित्तको सेयरमा सकारात्मक सर्किट लाग्यो।  कारोबार रकमका हिसाबले आज नागरिक लगानी कोष शीर्ष स्थानमा रह्यो। यसको ५ करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

त्यस्तै हिमालय डिस्टिलरी लिमिटेडको ४ करोड ६० लाख, एनआईसी एशिया बैंकको ४ करोड ५७ लाख, शिवम् सिमेन्टको ३ करोड ६० लाख र नबिल बैंकको ३ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज लगानी उपसमूहको सूचक १.१३ प्रतिशतले बढेको छ। बाँकी सबै उपसमूहको सूचक घट्यो।

प्रकाशित: ३१ वैशाख २०८० १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =