आरजु चामल बजारमा

हिमाल प्रेस २८ वैशाख २०८० १७:४२ | Thursday, May 11, 2023
आरजु चामल बजारमा

काठमाडौँ- बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सञ्चालन गरेको ‘राइस मिल’मार्फत उत्पादित आरजु चामल बजारमा आएको छ। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आरजु चामल बजारमा ल्याइएको घोषणा गरिएको हो।

मिलले उत्पादन गरेको ‘लङ्ग्रेन’ चामल बजारमा ल्याइएको मिल सञ्चालक बस्नेतले जानकारी दिए। किसानबाट धान खरिद गरी मिल सञ्चालनमा ल्याइएको र किसानको धानको मूल्य धान प्राप्त भएको २ दिनभित्र भुक्तानी गर्दै आएको उनले बताए। विगत २ दशकदेखि खेती किसानीलाई सहायता गर्दै आएको उनको भनाइ थियो।

किसान र उपभोक्ताबीचको दूरी नजिक बनाउने काम राइस मिलले गरेको उनले बताए। उनका अनुसार किसानबाट खरिद गरेको राइस मिलमा निफन्ने, सुकाउने र भण्डारण गरिन्छ।

मिलले २ सिजनमा १० करोड रुपैयाँ किसानलाई भुक्तानी गरिसकेको बताए। अहिले ४ हजार विघाका किसानहरू आफ्नो मिलसँग आबद्ध रहेका र किसानको आबद्धा बढ्दो क्रममा रहेको उनको भनाइ थियो। उनले नेपाली किसानमार्फत मात्रै धान खरिद गर्छन्।

अबको खेती निर्वाहमुखी नभएर व्यावसायीकरण र आम्दानीमुखी बनाउन मिलले योगदान गर्ने उनले दाबी गरे। नेपालमा उत्पादन भएको उत्कृष्ट लामो रामधानलाई प्रशोधन गरेर लङ्ग्रेन चामल बजारमा ल्याइएको हो। बस्नेतले हाल बजारमा रहेको लङग्रेन चामलको तुलनामा कम कनिका र स्वादिलो रहेको बताए।

प्रकाशित: २८ वैशाख २०८० १७:४२ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast