एसियन पेन्ट्स ‘कलर नेक्स्ट २०२३’ सम्पन्न

हिमाल प्रेस २८ वैशाख २०८० १३:४८ | Thursday, May 11, 2023
एसियन पेन्ट्स ‘कलर नेक्स्ट २०२३’ सम्पन्न

काठमाडौँ- एसियन पेन्ट्स नेपालले ‘कलर नेक्स्ट २०२३’ को आयोजना गरेको छ। जसमा ‘सोसाइटी अफ नेपालिज् आर्किटेक्ट्स’ र ‘इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल’ लगायतका संस्थाबाट आर्किटेक्ट र इन्टेरियर डिजाइनरको सहभागिता रहेको थियो।

एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ। जसले विश्वव्यापी, सामाजिक-सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पुर्‍याउँदै आएको कम्पनीको दाबी छ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा एसियन पेन्ट्स ग्लोबलका ब्राण्ड प्रबन्धक मारिशा रेगो डिसूजाले विशेष प्रस्तुति दिएका थिए। उनले डिजाइन र पेन्ट्सको बारेमा धारणा राखेका थिए।

प्रकाशित: २८ वैशाख २०८० १३:४८ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast