‘पीपल साक्षी’ को च्यारिटी शो हुने

हिमाल प्रेस २८ वैशाख २०८० १३:२९ | Thursday, May 11, 2023
‘पीपल साक्षी’ को च्यारिटी शो हुने

काठमाडौँ- फिल्म ‘पीपल साक्षी’ को च्यारिटी शो हुने भएको छ। थापागाउँस्थित मण्डला थिएटरमा आगामी शनिबार अर्थात् वैशाख ३० गते च्यारिटी शो हुनेछ।

अपराह्न ४ बजे शो सुरू हुने मण्डला थिएटरले जनाएको छ। सामाजिक कथामा आधारित फिल्मका निर्देशक ओमप्रकाश राई हुन्।

फिल्ममा अन्जन तामाङ, ममिता राई, ललित साउद, अमर लिम्बू, सन्जु मोक्तान, सुस्मिता श्रेष्ठ, भोले भण्डारी, तुल विक्रम तामाङ,सृष्टि लिम्बूलगायत कलाकारको अभिनय छ।

ओप्सना प्रालिको ब्यानरमा बनेको फिल्म पेमा शेर्पा राइले निर्माण गरेका हुन्। सञ्चमान राईंको लेखन रहेको फिल्म ललितसिंह साउदले सम्पादन गरेका छन्।

यसअघि गत वर्ष जमलस्थित सांस्कृतिक संस्थानमा फिल्मको प्रथम च्यारिटी शो गरिएको थियो।

प्रकाशित: २८ वैशाख २०८० १३:२९ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast