भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त : विनोद चौधरी

हिमाल प्रेस २७ वैशाख २०८० १३:०३ | Wednesday, May 10, 2023
भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त : विनोद चौधरी

काठमाडौँ- नेपाली कांग्रेसका सांसद विनोद चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन्। बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भ्रष्टाचारका कारण आम नागरिकहरू पीडित बनेको बताए।

उनले भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भएको बताए। उनले भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भइरहेको बताए। उनले भ्रष्टाचारका प्रक्रियालाई पारदर्शी बनाइनुपर्ने बताए।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नक्कली भूटानी शरणार्थी प्रकरणलाई टुंगोमा नपुर्‍याए र अपराधी भनिएकाहरुलाई पक्राउ गरी कारबाही नगरे विरोधमा उत्रिने बताए।

उनले सरकारले देखाएको पहलकदमी सह्रानिय रहेको उल्लेख गर्दै राजनीतिक दाउपेचमा नेता बचाउने प्रयास भए सह्य नहुने बताए।

प्रकाशित: २७ वैशाख २०८० १३:०३ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast