पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

हिमाल प्रेस २७ वैशाख २०८० १०:०४ | Wednesday, May 10, 2023
पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन्। आज (बुधबार) उनलाई चाहविलबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका खाणको नाम पनि जोडिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले अनुसन्धानका लागि खाणलाई नियन्त्रणमा लिइएको जानकारी दिए। खाणका निजी सचिव नरेन्द्र केसीलाई पनि नियन्त्रणमा लिइएको छ।

खाणसँगै हालसम्म यो प्रकरणमा १२  पक्राउ परेका छन्। यसअघि प्रहरीले पूर्वगृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ, सन्दीप रायमाझी, रामशरण केसी, गोविन्द चौधरी पक्राउ गरिसकेको छ।

पाण्डे खाण गृहमन्त्री रहेको समयमा गृहसचिव थिए। उक्त मुद्दामा प्रहरीले खोजी कार्य जारी राखेका नेकपा एमालेका सचिव तथा पूर्वगृहमन्त्री टोपबहादुर रायमाझी फरार छन्। गृहमन्त्री हुँदा उनी माओवादीमा थिए।

प्रकाशित: २७ वैशाख २०८० १०:०४ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast