काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।
बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
उनका अनुसार बैठकले विधान अधिवेशन, सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्ने छ। दुई मन्त्रालय पाएको जसपाले सरकारमा एक मन्त्री पठाउन बाँकी छ।
प्रकाशित: २७ वैशाख २०८० ८:०४ | Wednesday, May 10, 2023
प्रतिक्रिया




