प्रि-बजेटका विषयमा सांसदहरूको जवाफ दिँदै अर्थमन्त्री

हिमाल प्रेस २७ वैशाख २०८० ७:०१ | Wednesday, May 10, 2023
प्रि-बजेटका विषयमा सांसदहरूको जवाफ दिँदै अर्थमन्त्री

काठमाडौँ- आज प्रि-बजेटका बारेमा सांसदहरूले राखेका जिज्ञासाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँने कार्यसूची छ।

गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि-बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन्।

प्रिबजेटका बारेमा सांसदहरूले आ-आफ्नो धारणा राखिसकेका छन्। अर्थमन्त्री महतले राष्ट्रियसभामा सा‌सदहरूले उठाएका सवालको जवाफहरू भने हिजै दिइसकेका छन्।

उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन्।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा प्रि-बजेटका बारेमा सदनमा छलफल भएको हो।

 

प्रकाशित: २७ वैशाख २०८० ७:०१ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast