‘भीआईपी अपराधीहरूलाई पक्राउ गर’

हिमाल प्रेस २६ वैशाख २०८० १९:११ | Tuesday, May 9, 2023
‘भीआईपी अपराधीहरूलाई पक्राउ गर’

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई कानुनी कारबाही गर्न माग गर्दै विवेकशील साझा पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ। विवेककशील साझाका कार्यकर्ताले दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणले देशको बदनाम भएकाले यसलाई निष्कर्षमा पुर्‍याउँदै संलग्न सबै दोषीहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने पार्टीको माग छ।

प्रदर्शनमा सहभागीले भीआईपी अपराधीहरूलाई पक्राउ गर, मानव तस्कर र लुटेराहरूलाई कारबाही गरलगायतका ब्यानर प्रदर्शन गरेका थिए। विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई अन्तर्राष्ट्रिय जगतले समेत हेरिरहेको भन्दै कारबाहीका लागि सरकारले खुट्टा कमाउन नहुने बताइन्।

प्रदर्शनमा सहभागीहरूले ‘जसले अर्बौँ पैसा पचाँउछ, राज्यले त्यसैलाई बचाउँछ, सरकार ठूला माछा पकडी, लगा छिटो हत्कडी, देशमा अर्थतन्त्र मन्द छ, नेताहरूको भ्रष्टाचार धन्दा छ’लगायतका प्लेकार्ड प्रदर्शन थिए।

प्रकाशित: २६ वैशाख २०८० १९:११ | Tuesday, May 9, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast