सचिव पोखरेलद्वारा राष्ट्र बैंक सञ्चालकको शपथ ग्रहण

हिमाल प्रेस २५ वैशाख २०८० १६:१३
सचिव पोखरेलद्वारा राष्ट्र बैंक सञ्चालकको शपथ ग्रहण

काठमाडौँ- अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले नेपाल राष्ट्र बैंकको सञ्चालक सदस्यको रूपमा शपथ ग्रहण गरेका छन्। सोमबार सर्वोचच अदालतमा आयोजित एक समारोहबीच उनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ। सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ। सोहीअनुसार पोखरेलले सोमबार शपथ लिएका हुन्।

पोखरेल गत बुधबार अर्थ सचिवका रूपमा अर्थ मन्त्रालयमा आएका हुन्। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका उनलाई बुधबारको मन्त्रिपरिषद्को बैठकले अर्थमा सरुवा गर्ने निर्णय गरेको हो।

अर्थ सचिवमा पोखरेल

प्रकाशित: २५ वैशाख २०८० १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast