अर्थ सचिवमा पोखरेल

हिमाल प्रेस २० वैशाख २०८० २१:३५
8
SHARES
अर्थ सचिवमा पोखरेल

काठमाडौँ- सरकारले बजेट ल्याउन एक महिना पनि समय नरहेको अवस्थामा अर्थ सचिव परिवर्तन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले अर्थ सचिवमा अर्जुनप्रसाद पोखरेललाई ल्याएको हो।

पोखरेल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए। यसअघिका अर्थ सचिव तोयम रायलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गर्दै उनको स्थानमा पोखरेललाई ल्याइएको हो। २०५० मा सरकारी सेवामा प्रवेश गरेका पोखरेल तीन वर्षअघि सचिवमा बढुवा भएका थिए।

नेपालको संविधान २०७२ अनुसार सरकारले जेठ १५ गते बजेट सार्वजनिक गर्ने प्रावधान रहेको छ। बुधबारको मन्त्रिपरिषद्को बैठकले अन्य ४ जना सचिवको पनि सरुवा गरेको छ।

प्रकाशित: २० वैशाख २०८० २१:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + three =