परराष्ट्र मन्त्रालयका कर्मचारी बेगनास तालमा मृत फेला

हिमाल प्रेस २५ वैशाख २०८० १५:२०
14
SHARES
परराष्ट्र मन्त्रालयका कर्मचारी बेगनास तालमा मृत फेला बेगनास ताल

पोखरा- परराष्ट्र मन्त्रालयका एक कर्मचारी पोखराको वेगनासतालमा मृत फेला परेका छन्। मन्त्रालयमा नासु पदमा कार्यरत ३१ वर्षीय अनुप भण्डारी रहेको कास्की प्रहरीले जनाएको छ।
सोमबार बिहान डुंगाघाटभन्दा करिब ४ सय मिटर टाढा पानीमा तैरिरहेको अवस्थामा एक युवकको शव देखेपछि स्थानीयलाई प्रहरीलाई खबर गरेका थिए।

डाँडाको नाक प्रहरी चौकीबाट प्रहरी निरीक्षक भगवान्राज थापाको कमाण्डमा गएको प्रहरी टोलीले शव बाहिर निकालेर साथमा भेटिएको परिचयपत्र आधारमा उनको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले जनाए।

शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। विराटनगर निवासी भण्डारी आइतबार राति हवाईमार्ग हुँदै पोखरा आएका थिए।

अफिस जान्छु भनेर काठमाडौंस्थित डेराकोठाबाट निस्केका उनी दिउँसो घुम्न पोखरा आएको परिवारजनलाई सन्देश पठाएको बताइएको छ। उनको मृत्यु के कसरी कारणले भयो भन्ने अनुसन्धान सुरु भएको डिएसपी बिकले बताए

प्रकाशित: २५ वैशाख २०८० १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast