युनिक नेपाल लघुवित्तले पायो एफपीओ निष्काशनको अनुमति

हिमाल प्रेस २५ वैशाख २०८० १३:५३
4
SHARES
युनिक नेपाल लघुवित्तले पायो एफपीओ निष्काशनको अनुमति

काठमाडौँ– युनिक नेपाल लघुवित्तले एफपीओ (फर्दर पब्लिक अफरिङ) निष्काशनको अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्डले लामो समयपछि एफपीओ दिन पुनः सुरु गरेको हो।
नीतिगत फेरबदल र वित्त संस्थामा आएको मर्जरको लहरले एफपीओ अनुमति प्रक्रिया रोकिएको बोर्डले जनाएको छ।

युनिक नेपाल लघुवित्तले ३ करोड ७९ लाख ४५ हजार २०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ जारी गर्नेछ।

यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ। एफपीओ जारीपछि युनिक नेपालको चुक्ता पुँजी १४ करोड ८५ लाख पुग्ने छ। अहिले ११ करोड रुपैयाँ छ।

प्रकाशित: २५ वैशाख २०८० १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =