संवैधानिक परिषद् बैठक बस्दै, होला प्रधानन्यायाधीश नियुक्ति?

हिमाल प्रेस २५ वैशाख २०८० ७:०८ | Monday, May 8, 2023
संवैधानिक परिषद् बैठक बस्दै, होला प्रधानन्यायाधीश नियुक्ति? फाइल तस्बिर

काठमाडौँ- प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्दैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार दिउँसो भएको छलफलपछि संवैधानिक परिषद् बैठक डाकिएको हो।

बैठक आज (सोमबार) साँझ ६ बजे सिंहदरबारमा बस्ने तय भएको छ।

प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि यसअघि पनि बैठक बसेको थियो। तर, कुनै निचोड निस्किएको थिएन।

यसअघिको बैठकमा ओलीले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति नहुने भएकाले पहिले संसदीय समिति टुंगो लगाउनुपर्ने अडान लिएका थिए।

संवैधानिक परिषदको सिफारिस गरेको व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्था छ।

सर्वोच्च अदालत लामो समयदेखि कामुको भरमा चलिरहेको छ। प्रधानन्यायाधीश नियुक्त नगरेको भन्दै बार एसोसिएसनसमेत सरकारविरुद्ध आन्दोलित छ।

प्रकाशित: २५ वैशाख २०८० ७:०८ | Monday, May 8, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast