शंकर कँडेल आत्महत्या प्रकरणमा राजनीतिको रंग नपोतियोस् : रवि लामिछाने

हिमाल प्रेस २४ वैशाख २०८० १४:०२
6
SHARES
शंकर कँडेल आत्महत्या प्रकरणमा राजनीतिको रंग नपोतियोस् : रवि लामिछाने फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनका व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणको अनुसन्धान प्रभावित नहोस् भनेर घच्घच्याइरहेको बताएका छन्। आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले अनुसन्धानमा कमी हुन नदिन प्रहरी प्रशासनलाई निरन्तर खबरदारी गरिरहेको बताएका हुन्।

‘घटनामा राजनीतिको रंग नपोतियोस् भनेर सचेत छु। म सत्य,न्याय र पीडितको पक्षमा छु। प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको छु,’ उनले लेखेका छन्, ‘आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द हड्ताल केही नहोस् भनेर संयमपूर्वक सबै घटनाक्रमलाई नजिकबाट नियालिरहेको छु।’

भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकस्थित आफ्नो  कार्यालयको कोठाभित्र वैशाख २० गते कँडेल झुण्डिएको अवस्थामा फेला परेका थिए।

प्रकाशित: २४ वैशाख २०८० १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast